Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नवौं राष्ट्रिय खेलकुद : आज विभिन्न ४० खेल हुने 

नवौं राष्ट्रिय खेलकुद : आज विभिन्न ४० खेल हुने 

images

इच्छाकामना न्युज

१, कार्तिक २०७९
नवौं राष्ट्रिय खेलकुद : आज विभिन्न ४० खेल हुने 
images

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न विधाका ४० खेलहरू हुँदैछन् । आज एथलेटिक्स, ब्याडमिन्टन, महिला क्रिकेट, पुरुष फुटबल, महिला फुटबल, टेनिस, बक्सिङ, पुरुष भलिबल, महिला भलिबल र सफ्ट टेनिस हुनेछ ।

यस्तै स्क्वास, उसु, पुरुष बास्केटबल, महिला बास्केटबल, ट्रयाथलन, बुद्धिचाल, टेबल टेनिस, सेपाकताक्रो महिला÷पुरुष, भारोत्तोलन, सुटिङ, साइक्लिङ, रग्बी महिला÷पुरुष र कुस्ती पनि आजै हुनेछ ।

आजै जिम्न्यास्टिक, जुडो, कबड्डी, तेक्वान्दो, खो खो, आइटिएफ तेक्वान्दो, कराते, महिला हक्की र पुरुष हक्की खेल पनि हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलतर्फका फाइनल प्रतिष्पर्धा पनि आजदेखि सुरु हुँदैछन् ।

हिजोका खेलहरूबाट कम्पाउण्ड पुरुष एकल र महिला एकल, रिकर्भ पुरुष एकल र  रिकर्भ महिला एकल तथा स्टाण्डर्ड पुरुष एकल र महिला टोलीको फाइनल समिकरण तयार भएको छ । फाइनल तर्फको समिकरण तयार भएपछि आजदेखि पदका लागि प्रतिष्पर्धा सुरु हुन लागेको हो ।

images
प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - ०९:११:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology