Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मानवशास्त्री प्रा. डा. ओम गुरुङको निधन

मानवशास्त्री प्रा. डा. ओम गुरुङको निधन

images

इच्छाकामना न्युज

३१, आश्विन २०७९
मानवशास्त्री प्रा. डा. ओम गुरुङको निधन
images

काठमाडौँ — नेपाल जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको सोमबार निधन भएको छ । ६८ वर्षको उमेरमा गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

अस्पतालमा १:४५ बजे निधन भएको गुरुङका सहकर्मी मन खत्रीले बताए । 'उहाँमा क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछि नेपालमा पनि क्यान्सरको उपचार हुँदै आएको हो,' खत्रीले भने, 'आइतबार उहाँलाई अफ्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो । आज १ बजेर ४५ मिनेटमा निधन भयो ।'

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - २०:४७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology