चितवन । आज सुदूरपश्चिमर कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि सामान्य वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भदौ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजबाटपूर्ण रूपमा बाहिरिएको छ ।
योसँगै अब मनसुनी वर्षा नहुने मौसमविद् वरुण पौडेलले सीआईएनसँग बताउनुभयो । सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिएको हो ।
मनसुन बाहिरिए पछि नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । जसका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। आज राति भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।