सिमलढाप, १७ असोज चितवनको इच्छाकामना ७ मा रहेको श्री कालिका पिपलटार सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा मान बहादुर गुरुङ चयन भएको छ। समितिको आज सम्पन्न विशेष अधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको हो। अधिवेशनले पुरानो कार्यसमिती भंग गरि गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित समितिको अन्य पदाधिकारीमा राजकुमार श्रेष्ठ उपाध्यक्षमा हिरामाया गोले सचिवमा, लक्षमण तामाङ कोषाध्यक्षमा र सदस्यहरुमा दुर्गा तामाङ, कर्ण बहादुर झ्यारी मगर, सोम माया चेपाङ, सोम माया मगर, इन्द्र बहादुर भुजेल, पुजा मगर, मनमाया चेपाङ, सुजन गुरुङ लगाएत चयन भएका छन्। कार्यक्रमको प्रमुख अतिथी इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ रहनु भएको थियो।