Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एएफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दै 

एएफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दै 

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
एएफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दै 
images

भियतनाममा जारी एएफसी १७ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । फु थोस्थित भियत त्रि स्टेडियममा हुने नेपाल र चाइनिज ताइपेबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ ।समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०९:४०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology