Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायसँग युक्रेनको आग्रह 

रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायसँग युक्रेनको आग्रह 

images

एजेन्सी

२३, आश्विन २०७९
रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायसँग युक्रेनको आग्रह 
images

युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीले रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । रुसी सेना परमाणु हतियारको प्रयोगलाई तयारी अवस्थामा राख्ने काम गरिरहेको भएपनि रुसले आक्रमण नगर्नेमा भने आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय रुसले पुनः युक्रेनसँगको युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएपछि विश्व समुदाय पनि चिन्तित बनेको छ । एक सञ्चार माध्यमसँग अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले रुसमाथि रकेट आक्रमणका लागि युक्रेनले सुझाव दिएकोआरोप अस्वीकार गर्नुभयो ।

उहाँले रक्षात्मक प्रहार प्रयोग गर्नु पर्ने भन्दै आक्रमणको लागि रकेट आक्रमणको विषयलाई गलत तरिकाले प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । पछिल्ला केही हप्ता युक्रेनी सैनिकले रुसको कब्जामा रहेका क्षेत्रहरू पुनः आफ्नो नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०९:३९:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology