Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने, आज पनि केहि स्थानमा भारी वर्षा

नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने, आज पनि केहि स्थानमा भारी वर्षा

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने, आज पनि केहि स्थानमा भारी वर्षा
images

चितवन । नेपालबाट मनसुन बाहिरिन अझँै एक हप्ता लाग्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय हुने भएकाले  मनसुन बाहिरिन कम्तिमा एक हप्ता लाग्ने देखिएको हो ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले सीआईएनसँग कुरा गर्दै गत मङ्गलबारदेखि देशभर सक्रिय भएको प्रणाली अहिले कर्णाली र सुदूरपश्चिममा रहेको बताउनुभयो । यो प्रणाली भोलिदेखि त्यहाँबाट पनि बाहिरिने भएपनि अझै केही दिन देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भने भइरहने पूर्वानुमान गरिएको उहाँले बताउनुभयो । सामान्यतया जुन १३ तारिखमा नेपाल प्रवेश गर्ने मनसुन अक्टोबर २ मा बाहिरिनुपर्छ । तर, यो वर्ष जुन ५ मै नेपाल भित्रिएको मनसुन अझै बाहिरिएको छैन । 

आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैबीच आज सुदूरपश्चिम प्रदेशका केही साना नदीमा एक्कासी बाढी आउँने तथा होचा भूभागमा डुबान र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले डडेलधुरा, कञ्चनपुर, कैलालीको धेरै स्थानमा अबको ६ घण्टासम्म भारी वर्षा हुन सक्ने भन्दै कान्द्रा, मोहना, खुटीया, सुहेली, चौधर, रङ्घुन, पन्टुरालगायतका ठाउँमा बाढी आउँने सक्ने तथा भिरालो जमिनमा पहिरो र होचा स्थानमा डुबान हुन सक्ने भएकाले दिउँसो ३ बजेसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।  

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०९:३६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology