Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तराई–मधेशमा आज कोजगरा पर्व मनाइँदै 

तराई–मधेशमा आज कोजगरा पर्व मनाइँदै 

images

इच्छाकामना न्युज

२३, आश्विन २०७९
तराई–मधेशमा आज कोजगरा पर्व मनाइँदै 
images

मधेश । तराई मधेशमा आज कोजाग्रत पूर्णिमा अर्थात् कोजगरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ । कोजाग्रत पूर्णिमाका दिन पूजापाठका साथै नवविवाहित जोडीले विशेष पूजा आराधना गर्ने चलन छ । नव विवाहित बेहुली पक्षबाट बेहुलाको घरमा भार अर्थात् विशेष किसिमको कोसेली पठाउने परम्परा रहेको छ ।

भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कोशेली पठाउने चलन हुन्छ ।

बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतासहित आशीर्वाद दिने प्रचलन छ । आजको दिन मिथिला क्षेत्रका प्रायः सबैले पान, मखान, मिठाइ खाने गर्छन् । आजको दिनलाई जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सवको रुपमा मनाइन्छ ।

जानकी मन्दिरका महन्थले भगवान् राम र सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् । आज महोत्तरीको रतौलीबाट भार पठाइन्छ । फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका एक सय ८ वटा भार पठाउने गरिन्छ । मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी भइरहेको छ ।    

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०९:३५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology