Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गर्भवती तथा सुत्केरी महिलाहरूको निः शुल्क हवाइ उद्धार सेवा कार्यक्रम प्रभावकारी बन्दै 

गर्भवती तथा सुत्केरी महिलाहरूको निः शुल्क हवाइ उद्धार सेवा कार्यक्रम प्रभावकारी बन्दै 

सिआईएन

२२, आश्विन २०७९
गर्भवती तथा सुत्केरी महिलाहरूको निः शुल्क हवाइ उद्धार सेवा कार्यक्रम प्रभावकारी बन्दै 
images

राजेन्द्रबहादुर रोकाय, बाजुरा । भौलोकि विकटता र सुविधासम्पन्न अस्तालको अभावमा हरेक वर्ष कति सुत्केरी र गर्भवती महिलाको मृत्यु हुन्छ भन्ने एकीन तथ्याङ्क सरकारसँग पनि छैन ।

images
images

यद्यपी यस्तो अवस्था आउन नदिन भन्दै सञ्चालन गरिएको जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निः शुल्क हवाइ उद्धार सेवा कार्यक्रम प्रभावकारी भएको छ । यो कार्यक्रमले जोखिम त टारेको छ नै आमा र नवजात शिशुको स्वास्थ्य स्याहार र पोषण कार्यक्रममा पनि सहयोग पुगेको छ ।

समयमै सुविधासम्म ठाउँमा लगेर राख्न न्यून आर्थिक अवस्थाले पुग्दैन, चिकित्सक वा स्वास्थ्यकर्मीले बच्चा जन्मिने दिएको भाका कुर्दा भैपरी आउने घटनाको डरले मन पोलिरहन्छ ।

दुर्गम क्षेत्रमा बसोबास गर्ने जोकोहीको मनमा आउने यस्तो विचार र चिन्ताबाट बाजुराबासी पनि अलग छैनन् । बाजुरासहित सुदूरपश्चिमका अछाम र दार्चुलामा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निः शुल्क हवाइ उद्धार कार्यक्रम पूर्ण कार्यान्वयनमा छन ।

बाजुरामा भरपर्दो सडक छैन, अस्पताल छ । तर, गुणस्तरीय सुविधा पुगिसकेको छैन । त्यसैले निः शुल्क हवाई उद्धार कार्यक्रमले भरोसा जगाएको स्थानीयको भनाइ छ । बाजुरामा हालसम्म सामान्य अवस्थाबाट सुत्केरी हुन नसकेका २० जना महिलाले सरकारको  निःशुल्क हवाई उद्धार सेवा पाएका छन् ।

यसबाट आमा र बच्चाको जीवन जोगाउन सजिलो भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्ट बताउनुहुन्छ ।

प्रदेश १ को ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, कर्णालीको रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्लामा पनि यो कार्यक्रम पूर्ण कार्यान्वयनमा छ । आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको हवाइ उद्धार सेवा पाउने महिलालेसुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट बीस हजार रुपैयाँसमेत पाउने गरेका छन् । आंशिक रूपमा भने यो कार्यक्रम विभिन्न २९ जिल्लामा लागु भएको छ । 

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०८:५९:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology