Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मङ्गलवारदेखि परिरहेको वर्षा, बाढी र पहिरोमा परी हालसम्म ६ जनाको मृत्यु 

मङ्गलवारदेखि परिरहेको वर्षा, बाढी र पहिरोमा परी हालसम्म ६ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

२२, आश्विन २०७९
मङ्गलवारदेखि परिरहेको वर्षा, बाढी र पहिरोमा परी हालसम्म ६ जनाको मृत्यु 
images

काठमाण्डौ । गत मङ्गलवारदेखि परिरहेको लगातारका वर्षाका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता रहेका छन् ।

लगातारको वर्षाका कारण हिजो काठमाडौँको चन्द्रागिरी नगरपालिका २ मा रहेको ध्यानकेन्द्रमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ मा बेपत्ता भएका ६ जनामध्ये एकजनाको शव फेला परेको छ । नुवाकोटमा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

प्यूठानमा बेपत्ता भएका अन्य ५ जनाको खोजी बिहानैदेखि सुरु गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकामा १ जना वेपत्ता भएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत २४ घण्टामा २९ वटा विपद्का घटना भएका छन् । जसमा १४ स्थानमा पहिरो झरेको छ भने ६ स्थानमा भारी वर्षा भएको छ ।

वर्षाका कारण देशभर ४० करोढभन्दा बढीको क्षति भएको छ । वर्षासँगै बबई नदीमा आएको बाढीले बर्दियामा एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन् भने कैलालीमा बाढीले सैयौँ घर डुबानमा छन् ।

राप्ती नदीमा पानीको सतह बढेर दाङ्गको लमही नगरपालिका, वडा नं ८ सतवरिया स्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा साथै राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित सिसहनिया र वडा नं ४ को अर्नहवा गाउँ डुबानमा परेका छन् । करिब सय घर डुबानमा परेकामध्ये उच्च जोखिममा रहेका ३५ घरपरिवारलाई सुुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०८:५२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology