Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

यसपालीको दशैँमा मात्रै ५५ अर्बको नयाँ नोट साटियो

यसपालीको दशैँमा मात्रै ५५ अर्बको नयाँ नोट साटियो

images

इच्छाकामना न्युज

१५, आश्विन २०७९
यसपालीको दशैँमा मात्रै ५५ अर्बको नयाँ नोट साटियो
images

काठमाडौँ । यसपालिको दसैँमा नेपाल राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ ।

दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नै नयाँ नोट साट्न थालेको हो ।

जसमध्यसबै क्षेत्रबाट गरेर १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - २१:०४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology