Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आज ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईँदै 

आज ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईँदै 

images

इच्छाकामना न्युज

१५, आश्विन २०७९
आज ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईँदै 
images

काठमाण्डौ । आज ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘ज्येष्ठ नागरिक उत्थानशिलताः बदलिँदो विश्वका लागि अपरिहार्यता’ नाराका साथ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ । उहाँले हाम्रो सांस्कृतिक मूल्य, मान्यता र परम्परा ‘मातृदेवो भवः, पितृ देवो भवः’ बाट निर्देशित रहेको उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने र समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित तथा सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

सरकारले ज्येष्ठ नागरिकको कल्याण र सुरक्षाका लागि विभिन्न व्यवस्था गर्नुका साथै राज्यबाट प्रदान गरिने स्वास्थ्यलगायत विभिन्न सेवा तथा सुविधामा विभिन्न सहुलियत प्रदान गर्दै आएको उहाँले सन्देशमा उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ०९:२९:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology