Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

यसपाली दशैंको टिकाको दिननै देशभर भारी वर्षा हुने मौसम विभागको प्रक्षेपण

यसपाली दशैंको टिकाको दिननै देशभर भारी वर्षा हुने मौसम विभागको प्रक्षेपण

images

इच्छाकामना न्युज

१५, आश्विन २०७९
यसपाली दशैंको टिकाको दिननै देशभर भारी वर्षा हुने मौसम विभागको प्रक्षेपण
images

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले विजया दशमीमा झरी पर्ने प्रक्षेपण गरेको छ । महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम-मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो ।

‘न्यूनचापीय रेखा उत्तर-पश्चिमतर्फ सरिरहेको छ, नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ,’ महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ ।’ महाशाखाले शुक्रबार ‘दसैँका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै २१ असोज द्वादशीसम्म वर्षाको प्रक्षेपण गरेको छ ।

विजया दशमीका दिन देशका धेरैजसो क्षेत्रमा वर्षाको आकलन गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै क्षेत्रमा त भीषण वर्षा हुने आकलन महाशाखाले गरेको छ । त्यसअघि नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार २० असोज एकादशीमा अझ धेरै वर्षा हुने आकलन गरिएको छ । यो दिन देशभर बदली हुने र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ । २१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ । यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना छ ।

सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने हो । बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एकदेखि डेढ साता पर धकेलिएको हो । ‘हामीले द्वादशीसम्मको मौसम प्रक्षेपण गरेका छौँ, त्यतिन्जेल मनसुन सक्रिय नै रहने देखिन्छ,’ प्रधानांगले भने, ‘त्यसपछिको मौसम कस्तो हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।’

पछिल्लो एक साता मनसुनी गतिविधि निष्क्रियजस्तै भएकोमा फेरि गतिविधि देखा परेका हुन् । भारतमा शनिबार र आइतबार ओडिसा, छत्तिसगढमा भीषण वर्षाको आकलन गरिएको छ । यो गतिविधि त्यहाँबाट बिस्तारै उत्तर सर्दै आएको छ ।गत वर्ष पनि दसैँताका नेपालमा ठूलो वर्षा हुनुका साथै बाढीले धानबाली नष्ट गरेको थियो । यद्यपि, त्यतिखेर मनसुन बाहिरिसकेको थियो । 

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ०७:२२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology