Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको भानुमा सालको काठ सहित ट्याक्टर र चालक पक्राउ

तनहुँको भानुमा सालको काठ सहित ट्याक्टर र चालक पक्राउ

images

इच्छाकामना न्युज

१२, आश्विन २०७९
तनहुँको भानुमा सालको काठ सहित ट्याक्टर र चालक पक्राउ
images

तनहुँ। तनहुँको भानु नगरपालिका–९ काउरेटारबाट सालको अवैध काठ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका ८ बस्ने ४० वर्षीय थमन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

देउरालीटारबाट बाइसजाँगरतर्फ आउँदै गरेको ग १ त ४२०२ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको काठ बरामद गरी ट्याक्टर चालक नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

त्रिपालले छोपेर ल्याउँदै गरेको २१ गोलिया ५३.८८ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका नेपाली र बरामद गरिएको काठ र ट्याक्टरलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा पठाइएको छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०७९ बुधवार - २२:०६:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology