Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बंगलादेशमाथि नेपालको शानदार जित

बंगलादेशमाथि नेपालको शानदार जित

images

इच्छाकामना न्युज

११, आश्विन २०७९
बंगलादेशमाथि नेपालको शानदार जित
images

चितवन । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार साँझ भएको खेलमा नेपालले पाहुना टोली बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको १८ औँ मिनेटमा गोल गर्दै अञ्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको २७ औँ मिनेटमा अञ्जनले दोस्रो गोल गरेका थिए भने खेलको ३८ औँ मिनेट तेस्रो गोल गरेका थिए। यससँगै उनले ह्याट्रिक पूरा गरे।

पहिलो हाफसम्म नेपालले ३–० गोलको अग्रता बनाएको थियो। तर, खेलको ५७ मिनेटमा बंगलादेशले एक गोल फर्कायो। बंगलादेशका लागि साजाद हुसेनले गोल गरेका थिए।

images
प्रकाशित मिति :आश्विन ११, २०७९ मंगलवार - २२:४५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology