Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

फुलपातीको आसपास नेपालबाट मनसुन बाहिर सक्ने मौसमविद् जानकारी

फुलपातीको आसपास नेपालबाट मनसुन बाहिर सक्ने मौसमविद् जानकारी

images

इच्छाकामना न्युज

११, आश्विन २०७९
फुलपातीको आसपास नेपालबाट मनसुन बाहिर सक्ने मौसमविद् जानकारी
images

काठमाडौं । आगामी बिहीबार रातिबाट मुलुकभर भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र दैनिक वर्षाको सम्भावना कम हुँदै गएकाले आगामी बिहीबार रातिबाट सामान्यतया मौसम सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘आज भन्दा भोलि, भोलिभन्दा पर्सी नेपालमा आंशिक बदली हुने र वर्षाको सम्भावना घट्दो छ’, उनले भनिन्, ‘अब भारी वर्षाको सम्भाना छैन। बिहीबार रातिको लागि त सामान्यतया मौसम सफा हुनेछ।’ यद्यपि मनसुनको अहिलेको सक्रियता हेर्दा अझै केही दिनसम्म मनसुन कायम रहने संकेत देखिएको छ।

यसपालि नेपालबाट मनसुन यहीँ दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि फुलपातीको दिनलाई औसत मिति पारेर २-४ दिन तलमाथि बाहिरिने मौसमविद्ले जानकारी दिएका छन्। मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन सुरू हुनुपर्छ।

अहिले पनि मनसुन सक्रिय रही हल्कादेखि सामान्य वर्षा भइरहेको छ। यसैले मनसुन अझै केही दिनसम्म कायम रहने सङ्केत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मानन्धरले जानकारी दिइन्।

images
प्रकाशित मिति :आश्विन ११, २०७९ मंगलवार - ०८:४७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology