मानबहादुर बिश्वकर्मा, बाजुरा । शैक्षिकसस्त्र सुरु भएको छ महिना बितिसक्दा पनि शिक्षक अभाव हुँदा बाजुराका विद्यालयमा पठनपाठन प्रभावित बनेको छ ।
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म पढाई हुने गरेको मा विषयगत शिक्षक अभाव हुँदा विद्यार्थीको पढाई प्रभावित बनेको हो ।
विद्यालयमा गणित, नेपाली र विज्ञान विषय पढाउने शिक्षक नभएपछि पठनपाठनमा समस्या भइरहेको विद्यार्थी तथा अभिभावकले गुनासो गरेका छन् ।