ललित सामन्त, दार्चुला । सरकारले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
यी दुवै स्थानीय तहमा वर्सेनि बाढी र पहिरोका कारण ठूलो क्षति हुँदै आएको छ । यस वर्ष मात्रै यी दुबै पालिकामा बाढी र पहिरो कारण ठूलो जनधनको क्षति भएको छ ।सङ्कटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनर्निर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बताइएको छ ।