Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चाडपर्व लक्षित देशभर लागू हुने गरी यातायात ‘रुट परमिट’ खुला 

चाडपर्व लक्षित देशभर लागू हुने गरी यातायात ‘रुट परमिट’ खुला 

images

इच्छाकामना न्युज

१०, आश्विन २०७९
चाडपर्व लक्षित देशभर लागू हुने गरी यातायात ‘रुट परमिट’ खुला 
images

काठमाण्डौ । सरकारले आजबाट चाडपर्व लक्षित देशभर लागू हुने गरी यातायात ‘रुट परमिट’ खुला गरेको छ। दसैँंको पूर्णिमासम्मका लागि यात्रुहरू आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनेर रुट परमिट खुला गरिएको हो ।

यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ। दसैँका समयमा बर्सेनि काठमाडौं उपत्यकाबाट लाखौंको सङ्ख्यामा यात्रुहरू बाहिरिने गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताउनुभयो ।

यस्तै विभागले असोज १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरेको छ।

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०९:२१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology