काठमाण्डौ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता लागु गर्ने बारेमा आज राजनीतिक दलहरूसँग छलफल गर्न लागेको छ । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगको भनाइ छ ।
छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाएइको छ । प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउने नआउने निश्चित भइनसकेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताउनुभयो ।
आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। सोही आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन दलहरूसँग छलफल गर्न लागिएको हो ।