Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

आज भारीदेखि अति भारी वर्षाको सम्भावना, तटीय क्षेत्रका बासिन्दा सतर्कत रहनुपर्ने

आज भारीदेखि अति भारी वर्षाको सम्भावना, तटीय क्षेत्रका बासिन्दा सतर्कत रहनुपर्ने

images

इच्छाकामना न्युज

९, आश्विन २०७९
आज भारीदेखि अति भारी वर्षाको सम्भावना, तटीय क्षेत्रका बासिन्दा सतर्कत रहनुपर्ने
images

चितवन । आज दिउँसो देशभरका थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय भएकाले आज दिउँसो विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा निकै ठूलो पानी पर्ने तथा कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसमविद् हिरा भट्राईले सुदूरपश्चिमको कञ्चनपुर र कैलाली तथा लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार ठूलो पानी पार्ने प्रणाली आज राति नै कमजोर हुने देखिन्छ । तर मनसुन बाँकी नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने भइरहने उहाँको भनाइ छ । 

यसैबीच राति देशका विभिन्न ठाउँमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई गैडेलगायत झापा इलामको सीमा क्षेत्रमा भारी वर्षा भएको र थप हुने देखिएकाले मेची, विरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवा खोला आसपास बाढी आउन सक्ने भन्दै दिउँसो १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको छ ।

डडेलधुराको गैबन्दे, जोगबुढा र केही स्थान तथा कञ्चनपुर, कैलाली, बर्दीया, झापा, मोरङ, सुनसरी र सप्तरीका केही स्थानमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन पनि महाशाखाले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०८:५५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology