चितवन । नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति चितवनको चौथो अधिवेशनले पुनः रुकु राना मगर अध्यक्षमा सर्वसहमत चयन गरेको छ।
शुक्रबार सम्पन्न अधिवेशनले सर्वसहमतीमा रानामगरको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यक्रममा नयाँ कार्यसमितीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष हिरुसरा रानामगरले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि हिरुसरा रानामगरले महिलाहरुको हकहित, क्षमता र बौद्धिक बिकासको निम्ति तालीम प्रशिक्षणको कार्यक्रमको लागि आफुले केन्द्र र व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने बताए। उनले महिला दिदिबहिनीहरु पनि नेतृत्व गर्न सक्ने समक्ष भएको बताए।

अधिवेशन पछि कार्यक्रममा बोल्दै नेपाल मगर महिला संघ जिल्ला समिति चितवनको अध्यक्ष रुकु रानामगरले यस संघलाई उत्साह पुर्वक एवम् अनुशासित ढंग बाट अझै अगाडी बढाउने बताए। यसरी नै नयाँ कामहरु संगै अधुरा काहरुलाई पुरा गर्दै नेपाल मगर महिला संघलाई अगाडी बढाउने बताए।
अधिवेशनको निर्वाचन मण्डलमा चिज कुमार आलेमगर, देवी थापामगर, खिम बहादुर थापामगर, काशी माया रानामगर र सजन मगर रहेको थियो।
कार्यक्रममा बिशिस्ट अतिथि नेपाल मगर महिला संघ केन्द्रिय सदस्य देवी थापामगर र नेपाल मगर संघ चितवन जिल्लाका संस्थापाक अध्यक्ष हिरा थापामगर, अतिथिमा नेपाल मगर संघ बागमती प्रदेशका महिला उपाध्यक्ष काशीमाया रानामगर, नेपाल मगर संघ चितवन जिल्ला समितिका अध्यक्ष ठाकुर सिं आले र नेपाल मगर विद्यार्थी संघ चितवनका अध्यक्ष कुमार सिंजालीमगर लगाएको उपस्थिति रहेको थियो भने नेपाल मगर महिला संघ चितवनका सचीव लक्ष्मी थापामगरले सञ्चालन गर्नुभएको थियो।