Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

दशैं नजिकिएसँगै तनहुँकी गायिका सविता परियारको ‘सम्झना गाउँघरकै...’ सार्वजनिक

दशैं नजिकिएसँगै तनहुँकी गायिका सविता परियारको ‘सम्झना गाउँघरकै...’ सार्वजनिक

इच्छाकामना न्युज

८, आश्विन २०७९
दशैं नजिकिएसँगै तनहुँकी गायिका सविता परियारको ‘सम्झना गाउँघरकै...’ सार्वजनिक

काठमाण्डौ । नेपालीहरुको भव्य पर्व बडादशै नजिकिएसँगै दशैं लक्षित गीतहरु सार्वजनिक हुने क्रम बढेको छ । जस अनुसार हरेक दशैंमा नयाँ गीत सार्वजनिक गर्दै आएकी तनहुँकी दोहोरी गायिका सबिता परियारले यसपटकको दशैमा पनि दशैं लक्षित गीत सार्वजनिक गरेकी छिन्। 

images

यसपटक उनले आफ्नो चर्चित गीत गावै रमाईलोको तेस्रो भागको रुपमा ‘सम्झना गाउँघरकै...’ दशैं गीत सार्वजनिक गरेकी छिन्। 

शुक्रबार शिव हमालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शिव हमालको शब्द रहेको छ भने गायिका सबिता परियार र गायक बिमल परियार स्वर रहेको छ। 

नयाँ गीत सार्वजनिक गरेसँगै पहिले जस्तै यस गीतले पनि दर्शकको माया बटुल्नेमा आशावादी रहेको गायिका सबिता परियारले बताएकी छिन्।

उनको यसअघिको दशैमा ‘गावै रमाईलो...’ र ‘दशैं आयो हैं...’ जस्ता चर्चित गीत सार्वजनिक भैसकेको छ।

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - ०८:१२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology