Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपालले बङ्गलादेश ‘ए’ सँग घरेलु मैदानमा एकदिवसीय शृङ्खला खेल्ने 

नेपालले बङ्गलादेश ‘ए’ सँग घरेलु मैदानमा एकदिवसीय शृङ्खला खेल्ने 

images

इच्छाकामना न्युज

७, आश्विन २०७९
नेपालले बङ्गलादेश ‘ए’ सँग घरेलु मैदानमा एकदिवसीय शृङ्खला खेल्ने 
images

काठमाण्डौ । नेपालले बङ्गलादेश ‘ए’ सँग घरेलु मैदानमा शृङ्खला खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दशैँ लगत्तै घरेलु मैदानमा बङगलादेश ‘ए’ सँग सिरिज खेल्ने तयारी अघि बढाएको हो ।

नेपाल टि–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले सिरिज गराउन प्रस्ताव गरेको हो । नेपालले तीन एकदिवसीय अभ्यास खेलको लागि प्रस्ताव गरेको छ ।

बङ्गलादेशको सिनियर टोली अर्को महिना अष्ट्रेलियामा हुने टि–२० विश्वकपको तयारीमा छ । बङ्गलादेशले युएईसँग २५ र २७ सेप्टेम्बरमा दुई टि–२० अन्तराष्ट्रिय खेलको शृङ्खला खेल्दैछ । अ

क्टोबर पहिलो साता बंगलादेश, न्युजिल्यान्ड र पाकिस्तानबीच त्रिकोणात्मक टि–२० अन्तराष्ट्रिय खेलको शृङ्खला हुँदैछ ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खला अन्तर्गत अब नामिबियामा आगमी नोभेम्बरमा खेल्नेछ । त्यसैको तयारीका लागि बङ्गलादेश ‘ए’ सँग नेपालले शृङ्खला खेल्न लागेको हो । 

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - १९:४६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology