Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

१६ औं स्मृति दिवसमा स्वर्गीय डा. हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा 

१६ औं स्मृति दिवसमा स्वर्गीय डा. हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा 

images

इच्छाकामना न्युज

७, आश्विन २०७९
१६ औं स्मृति दिवसमा स्वर्गीय डा. हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा 
images

काठमाडौं । स्वर्गीय डा. हर्क गुरुङको १६ औं स्मृति दिवस भव्य मनाइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय डा. हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो ।

307949394_747317953025835_5736371747922393778_n.jpg

‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’ शीर्षक सहित आयोजना गरिएको कार्यक्रममा स्वर्गीय डा. गुरुङका विद्यार्थी प्राध्यापक डा. भीम प्रसाद सुवेदी र डा. योगेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा डा. गुरुङले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाई सराई, पर्वतीय पर्यटन र अन्य विभिन्न क्षेत्रमा पुराउनुभएको योगदानको चर्चा गरिएको थियो । ‘‘स्वर्गीय डा. गुरुङ यस्ता सर्वस्विकार्य व्यक्तित्व हुनुहुन्थ्यो कि उहाँले बोलेपछि सबैले विश्वास गर्थे । उहाँको योगदानलाई कुनै एक विषयमा मात्रै सीमित गर्नु कठीन छ । नेपालको भविष्य पर्यटन हो भनेर चिनाउने व्यक्तित्व नै उहाँ हो । उहाँले गर्नुभएको अनुसन्धान र प्रकाशित पुस्तकहरुबाट पनियो तथ्य प्रमाणित भएको छ’’, प्राध्यापक डा. सुवेदीले स्वर्गीय डा. गुरुङबारे भन्नुभयो । 

308057284_458342789593720_683762652140215878_n.jpg

भुगोलविद्, नेपालको पहिलो पर्यटन मन्त्री, एनएमएका संस्थापक एवं संस्थापक सल्लाहकार स्वर्गीय डा. गुरुङको १६ वर्षअघि बन्यजन्तु संरक्षण सम्बन्धित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी देहान्त भएको थियो । 

उहाँकै सम्झनामा एनएमए सहित गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन), तमू बौद्ध सेवा समिति र न्यु एराले संयुक्त आयोजनामा स्मृति सभाको आयोजना गरेको हो ।

308077466_950982655859701_7184602721799671841_n.jpg

कार्यक्रममा एनएमएका अध्यक्ष निमा नुरु शेर्पाले स्वर्गीय डा. गुरुङ नेपाली पर्वतीय पर्यटनका प्रणेता भएको बताउनुभयो । ‘‘नेपालको पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने मात्रै हैन उहाँ मन्त्री हुँदा एनएमए मार्फत प्राप्त कार्डलाई मान्यता प्रदान गरी यस क्षेत्रमा कार्यरत पर्वतीय पथप्रदर्शक र अन्य कर्मचारीहरुको भविश्यलाई सुनिश्चित गर्ने काम उहाँले गर्नुभएको छ’’, अध्यक्ष शेर्पाले भन्नुभयो, ‘‘उहाँ नहुनु भएको भए सम्भवत हामी र नेपालको पर्वतीय पर्यटन अहिलेको अवस्थामा आइपुग्ने थिएन ।’’

कार्यक्रममा नेपाली पर्यटन क्षेत्र र विभिन्न संघ संस्थाहरुसँग सम्बन्धित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । जिटिनका अध्यक्ष पिताम्बर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा न्यू एराका योगेन्द्र प्रसाईले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - १९:१०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology