Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फुटपाथमा व्यापार गर्न रोक लगाइएपछि ६० हजार मानिसको रोजीरोटि खोसियो 

फुटपाथमा व्यापार गर्न रोक लगाइएपछि ६० हजार मानिसको रोजीरोटि खोसियो 

images

सिआईएन

७, आश्विन २०७९
फुटपाथमा व्यापार गर्न रोक लगाइएपछि ६० हजार मानिसको रोजीरोटि खोसियो 
images

अविनाश आचार्य, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक व्यापारलाई व्यवस्थित बनाउन खोज्दा ६० हजारभन्दा बढी सर्वसाधारणको रोजीरोटी खोसिएको छ । ठूलो लगानी गरि व्यवसाय गर्न नसक्नेहरूले सडक किनारामा व्यापार गर्दै आएका थिए । तर दसैका सामान बेचेर चाडपर्व मनाउने योजना बनाइरहेका उनीहरूलाई चाडवाडकै मुखमा काठमाडौँ महानगरपालिकाले गरेको निर्णयले बज्रपात परेको छ ।

दसैमा बेच्ने योजनाले किनेका सामान कोठामै थन्किएको भन्दै कालिकोटका माया महतराले गुनासो गर्नुभयो । बढ्दो भीडभाड व्यवस्थापन र सहरी सौन्दर्यकरणका लागि महानगरको निर्णय स्वागतयोग्य भए पनि सडकमै व्यापार गरेर पालिएकाहरूको जीवनयापनको उचित टुङ्गो लगाउनुपर्ने फुटपाथ व्यवसायीहरू बताउँछन् ।

काठमाडौँ महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाए पनि यसलाई व्यवस्थापन गर्नेबारे केही बोलेको छैन । महानगरपालिकाका प्रवक्ता नबिन मानन्धरले यस विषयमा सल्लाह भइरहे पनि उचित विकल्पबारे कुनै निर्णय नभएको जानकारी दिनुभयो । अहिले सडक पेटीमा बसेर कतिले व्यापार गरिरहेका छन् भन्ने तथ्याङक नभए पनि करिब ६० हजार मानिस सडकसँगको व्यापारमा निर्भर छन् । उनीहरूको लागि विकल्प खोजिदिनुपर्ने सरोकारवाला बताउँछन् ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०९:०६:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology