Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना 

आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना 

images

इच्छाकामना न्युज

७, आश्विन २०७९
आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना 
images

चितवन । आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहँदा देशका तराई भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै भोलि दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई (गैडे, दमक) लगायतका ठाउँमा भारी वर्षा भएको छ । झापा र इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा–रतुवालगायत साना नदीमा जलसतह बढ्न सक्ने भन्दै नदी तथा खोलाको तटीय क्षेत्रमा ओहोरदोहोर गर्दा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार देशका प्रमुख र मझौला नदीहरूमा भने अबको तीन दिन जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । 

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०९:०४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology