काठमाण्डौ । नेपालले बङ्गलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । टोलीमा अब्लुल्लाह अलमुताईरीसँगको विवादपछि निकालिएका १० खेलाडीले समेत स्थान पाएका छन् । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले आज उनिहरूसँगै २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो ।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की र विकेश कुथुलाई राखिएको छ । डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रेजिन धिमाल हुनुहुन्छ भने मिडफिल्डरमा सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी र एरिक विष्टलाई राखिएको छ ।
प्रशिक्षक हुमागाईँलेविमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरीलाई फरवार्डमा राख्नुभएको छ । टोलीको कप्तान भने घोषणा गरिएको छैन । नेपालले असोज ११ गते बङ्गलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।