अनुज पछाई, रुकुम पूर्व । रुकुमपूर्बकोे भूमे गाउपालिका किसानहरुले उत्पादन गरेकोकृषि उपज बजारिकरणको लागी गाउपालिकाले मोना कृषी बजारसँग सम्झौता गरेको छ ।
यससँगै जिल्लामा खपत हुन नसकेका तरकारी तथा फलफुलहरु अब काठमाण्डौ तथा पोखराका बजारमा पु¥याउन मोना कृषी बजारले सहजिकरण गर्नेछ ।
रैथाने बालिको संरक्षण र प्रबद्र्धनमा बिशेष भूमिका निर्भाह गर्दै आएको मोना कृषि बजार काठमाण्डौले भूमे गाउपालिकामा भएको कृषि उत्पादनको बजारिकरणमा सहजिकरण गर्ने गाउँपालिकाका कृषि अधिकृत स्वतन्त्र राज चौधरीले बताउनुभयो ।
त्यसका लागि पालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ,मोना कृषि बजारका अध्यक्ष युबराज गुरुङ र मारिङ कृषि बहुउद्देश्य सहकारी सस्थाका देब बहादुर बुढाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।
यससँगै बिचौलीयाको समस्या पनि समाधान हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।