Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

शिक्षा

दरबन्दी अनुसारको विषयगत शिक्षक नहुँदा देशभरका ४० लाख विद्यार्थी मर्कामा 

दरबन्दी अनुसारको विषयगत शिक्षक नहुँदा देशभरका ४० लाख विद्यार्थी मर्कामा 

images

इच्छाकामना न्युज

६, आश्विन २०७९
दरबन्दी अनुसारको विषयगत शिक्षक नहुँदा देशभरका ४० लाख विद्यार्थी मर्कामा 
images

काठमाण्डौ । देशभरका सामुदायिक विद्यालयले दरबन्दी अनुसारको शिक्षक नपाउँदा पठनपाठन प्रभावित भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभर ५३ हजार शिक्षक दरबन्दी अपुग छ । अँग्रेजी, नेपाली, विज्ञान लगायत विषयका शिक्षक आवश्यकता अनुसार छैनन् । जसले देशभरका विद्यालयमा शिक्षक दरबन्दी मिलानमा समस्या भएको छ, भने विद्यार्थीले पनि विषयगत शिक्षक पाएका छैनन् ।

जनकपुरधाम उपमहानगरपलिका वडा नम्बर १७ को कनकपट्टी गाउँका विद्यार्थी पनि त्यस्तै समस्या भोगिरहेका छन् ।शिक्षक अभावकै कारण विद्यालयमा नियमित पठनपाठन नहुँदा एसइइ परीक्षामा सोचेजस्तो नतिजा नआएको विद्यार्थी विवेक साहले बताउनुभयो । तर पनि स्थानीय सरकारले चासो नदिएको अभिभावक फुलमति पासवानले गुनासो गर्नुभयो ।

कनकपट्टीबाट जनकपुरधाम उपमहानगरपालिका ११ किलोमिटरको दूरीमा छ । विषयगत शिक्षक अभावबारे स्थानीय सरकार जानकार भएपनि समस्या समाधानमा चासो देखाएको छैन । उपप्रमुख किशोर साहले जनप्रतिनिधिबीच नै मत बाझिएका कारण यो समस्या समाधान हुन नसकेको बताउनुभयो ।

शिक्षक अभावसँगै स्थानीय सरकारहरूले भएकै शिक्षकलाई पनि व्यवस्थित तरिकाले दबरन्दी मिलान गर्न सकिरहेका छैनन् । जसको प्रत्यक्ष मारमा झण्डै ४० लाख विद्यार्थी परेका छन् ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १०:१५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology