Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अख्तियारमा परेका अधिकांश उजुरीमा जनप्रतिनिधिहरूको भ्रष्टाचार 

अख्तियारमा परेका अधिकांश उजुरीमा जनप्रतिनिधिहरूको भ्रष्टाचार 

images

सिआईएन

६, आश्विन २०७९
अख्तियारमा परेका अधिकांश उजुरीमा जनप्रतिनिधिहरूको भ्रष्टाचार 
images

काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७८/०७९ दर्ता भएका अधिकांश उजुरीमा स्थानीय तहका जनप्रतिनिधिहरूको भ्रष्टाचारसँग सम्बन्धित रहेको पाइएको छ ।आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको ३२ औं वार्षिक प्रतिवदेनमा अधिकांश उजुरी स्थानीय तहका जनप्रतिनिधिहरूसँग सम्बन्धित रहेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्रदेश, त्यसमाथि स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरी बढी मात्रामा रहेको छ । कुल उजुरीमध्ये ३३ दशमलव १ प्रतिशत स्थानीय तहका उजुरीहरू रहेका उहाँले जानकारी दिनुभयो ।

त्यसपछि शिक्षा मन्त्रालयको १५ दशमलव ३ प्रतिशत र तेस्रोमा भूमि प्रशासनसँग सम्बन्धित ७ दशमलव ७ प्रतिशत उजुरी परेको छ ।विशेष अदालतमा दायर १ सय ३१ वटा मुद्दाको प्रतिवादीमा १ सय ४१ जना जनप्रतिनिधि रहेका पनि प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । भ्रष्टाचार गर्नेमा सार्वजनिक पद धारण गर्नेमध्ये जनप्रतिनिधिको सङ्ख्या बढी रहेको हो ।

प्रतिवेदनअनुसार ७९ जनालाई गैर कानुनी लाभ वा हानी नोक्सानी पु¥याएको अभियोग लगाइएको थियो । यस मुद्दामा अधिकृत कर्मचारी ७१ जना, सहायक सहयोगी कर्मचारी ६५ र विचौलिया १ सय ५ जना रहेका छन् ।आयोगका अनुसार गत वर्ष १६ हजार २ सय ३८ वटा उजुरी दर्ता भएको थियो ।

त्यसैगरी अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ वटा उजुरी गरी जम्मा २४ हजार ३ सय ३१ वटा उजुरी किनारा लगाउनुपर्ने दायित्व आयोगको थियो । त्यसमध्ये १७ हजार १ सय ६९ वटा मुद्दा आयोगले फछ्र्यौैट गरेको थियो । 

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १०:१३:३३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology