Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पञ्चशील तमू समाज शरदपुरको अध्यक्षमा पुनः सन्तलाल गुरुङ चयन

पञ्चशील तमू समाज शरदपुरको अध्यक्षमा पुनः सन्तलाल गुरुङ चयन

images

इच्छाकामना न्युज

५, आश्विन २०७९
पञ्चशील तमू समाज शरदपुरको अध्यक्षमा पुनः सन्तलाल गुरुङ चयन
images

चितवन । चितवन स्थित पञ्चशील तमू समाज भरतपुर–९ शरदपुरको अध्यक्षमा पुनः सन्तलाल गुरुङ चयन भएका छन्। समाजको बुधबार सम्पन्न सातौँ अधिवेशन तथा १८ औँ वार्षिक साधारण सभाले अध्यक्षमा पुनः गुरुङलाई चयन गरेको हो।

अधिवेशनले  गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरेको छ । उपाध्यक्षमा मनबहादुर गुरुङ, सचिवमा अमर गुरुङ, सहसचिवमा रेखा गुरुङ, कोषाध्यक्षमा सुबेदार पूर्णबहादुर गुरुङ, सदस्यहरुमा दुर्गबहादुर गुरुङ, बुद्धराज गुरुङ, राज घले, रामबहादुर गुरुङ, सिकिन्द्र गुरुङ, धनबहादुर गुरुङ, बबिता गुरुङ, पूजा गुरुङ र हिरा गुरुङ चयन भएको छ । 

1663757466.jpg

कार्यक्रम संस्थाका अध्यक्ष सन्तलाल गुरूङको अध्यक्षतामा एवं भूमिदाता मनसुबा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य हिमाल गुरूङले कम समयमा धेरै प्रगतिका साथ संस्थाको एकता उदाहरणीय रहेको बताए । 

नवनिर्वाचित अध्यक्ष सन्तलाल गुरुङले तेस्रो पटक पनि आफूलाई जिम्मेवारी दिइएकोमा संस्थाले आफूप्रति राखेको विश्वासलाई थप मेहनतका साथ कामगरी संस्थालाई अझै उचाइमा पुर्‍याउने बताए। उनले संस्थाले सञ्चालन गरेको कोषलाई सहकारीमा रुपान्तरण गर्ने बताए ।

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - २१:३०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology