Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

असोज २७ बाट तथ्याङ्क ऐन कार्यान्वयनमा आउने 

असोज २७ बाट तथ्याङ्क ऐन कार्यान्वयनमा आउने 

images

सिआईएन

५, आश्विन २०७९
असोज २७ बाट तथ्याङ्क ऐन कार्यान्वयनमा आउने 
images

सजना तिमल्सिना, काठमाडौँ । सरकारले तथ्याङ्कलाई व्यवस्थित बनाउन कानुन बनाएको छ । तथ्याङ्कमा एकरुपता नभएकै कारण विभिन्न क्षेत्रमा असर गरिरहेको भन्दै सरकारले तथ्याङ्क सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेको हो । अब यो ऐन अनुसार राष्ट्रिय तथ्याङ्क परिषद् गठन हुने छ ।

यस मार्फत तथ्याङ्क सङ्कलनको काम व्यवस्थित गरिने तथ्याङ्क विभागका सूूचना अधिकारी मनोहर घिमिरेले बताउनुभयो । अहिले तथ्याङ्क विभागसँगै अरु विभिन्न निकायले आफ्नो कार्यक्षत्र अनुसार तथ्याङ्क सङ्कलन गरिरहेका छन् । तर असोज २७ बाट अर्थात यो ऐन कार्यान्वयनमा आएपछि भने जुनसुकै निकायले तथ्याङ्क सङ्कलन गर्नको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमति लिनुपर्नेछ ।

ऐन अनुसार २१ सदस्यीय राष्ट्रिय तथ्याङ्क परिषद् गठन हुने छ । जहाँ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा अरु सरोकारवाला निकायका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । अब तथ्याङक सङ्कलनको काम व्यवस्थित हुने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले बताउनुभयो ।

ऐनले परिकल्पना गरे अनुसार संरचना बनेर काम भएको खण्डमा देशको हरेक क्षेत्र र निकायको तथ्याङ्क एकैनास र व्यवस्थित हुनेछ । 

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - ०९:४३:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology