Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आयोडिनयुक्त नुन

नेपालीको भान्सामा आयोडिनयुक्त नुनको प्रयोग बढ्दै 

नेपालीको भान्सामा आयोडिनयुक्त नुनको प्रयोग बढ्दै 

images

सिआईएन

५, आश्विन २०७९
नेपालीको भान्सामा आयोडिनयुक्त नुनको प्रयोग बढ्दै 
images

स्नेहा कर्ण, काठमाडौं । नेपालीले आवश्यकताभन्दा धेरै आयोडिनयुक्त नुन प्रयोग गर्न थालेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएपछि सरकार अब नुनको सन्तुलित प्रयोगको बारेमा जनचेतना जगाउने अभियानमा जुटेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिलाई दिनमा ५ ग्रामसम्म नुनको सेवन गर्नु उचित मानिन्छ । तर यो उमेर समूहका झन्डै ८० प्रतिशतले ९ दशमलव १ प्रतिशत ग्राम नुन खाने गरेको पाइएको अध्ययन समूहका एकजना अनुसन्धाता डा. मेघनाथ धिमालले बताउनुभयो ।

नेपालीको भान्सामा आवश्यकताभन्दा धेरै नुनको प्रयोग भइरहेको भन्ने तथ्याङ्क सार्वजनिक भएपछि यसको न्यूनीकरण गर्न सरकारले अभियान थालेको परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख लिला विक्रम थापाले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार भर्खर जन्मेका शिशुदेखि ६ वर्षका बालबालिकालाई दैनिक ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १ सय २० माइक्रोग्राम आयोडिन चाहिन्छ ।

गर्भवती तथा दूध खुवाउने आमालाई दैनिक २ सय ५० माइक्रोग्राम तथा किशोरकिशोरी र वयस्कलाई १ सय ५० माइक्रोग्राम आयोडिन दैनिक आवश्यक पर्छ । ढिके नुनको प्रयोगले आयोडिनको मात्रा नपुग्ने भन्दै सरकारले ४९ वर्षअघि आयोडिनयुक्त नुनमा आकर्षित गर्न विशेष अभियान नै चलाएको थियो ।

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - ०९:४२:०८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology