काठमाण्डौ । १५ वर्षमुनिको महिला राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो प्रारम्भिक चरणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।
अब ३० खेलाडी बन्द प्रशिक्षणमा छन् । एन्फाले बंगलादेशमा आयोजना हुने १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो ।च्याम्पियनसिप आगामी नोभेम्बर १ देखि १२ तारिखसम्म ढाकामा हुनेछ ।