Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तराई मधेसका महिलाहरू

तराई मधेसका महिलाहरू अझैँ खुला संसार हेर्न सङ्घर्षरत 

तराई मधेसका महिलाहरू अझैँ खुला संसार हेर्न सङ्घर्षरत 

images

सिआईएन

३१, भाद्र २०७९
तराई मधेसका महिलाहरू अझैँ खुला संसार हेर्न सङ्घर्षरत 
images

उषा तामाङ, काठमाण्डौ । नेपालको संविधान २०७२ कार्यान्वयनमा आएको ६ वर्ष बित्दा पनि तराईमधेसका महिला घर बाहिरको संसार हेर्नका लागि सङ्घर्षरत छन् ।

नेपालको संविधान अनुसार समानताको हकले सामाजिक वा सांस्कृतिक दृष्टिबाट पिछडिएका महिलाको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुन बमोजिम विशेष व्यवस्था गर्न भनेको छ । तर यो व्यवस्थाले तराईमधेसका महिलालाई छोएको छैन ।

समग्र नेपाली महिलाप्रतिको समाजको हेराइ साँघुरो छ । त्यसमा पनि मधेसका महिला परिवार र सामाजिक बन्धनका कारण अझ बढी दबाब सहनुपर्ने बाध्यतामा छन् ।

आपूmहरूको आँटका कारण विस्तारै हिजोआज केही परिवर्तन भने देखिन थालेको सर्लाही बलराका रामबती पासवानले बताउनुभयो ।

मधेशी महिलामा पनि दलित समुदायका महिला अझ बढी विभेदमा छन् । नेतृत्वमा पुग्ने दौडमा पनि उनीहरूको जोडबल पुग्ने गरेको छैन ।

राष्ट्रिय दलित आयोगका एकजना सदस्य मीना देवी सोबले पिछडिएका महिलाहरूका लागि घर बाहिर निस्कने वातावरण तयार गर्न आयोगले समन्वय गरिरहेको बताउनुभयो ।

नेपालको संविधानमा व्यवस्था भएको महिलाको हक अनुसार सामाजिक रूपले पछाडि परेका महिलालाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने भनिएको छ । तर मधेसका महिला राज्यको निकायमा सहभागिताभन्दा पनि सानातिना छलफलमा समेत जोडिन पाउँदैनन् ।

यस्तो अवस्थाको अन्त्य गर्नका लागि राष्ट्रिय समावेशी आयोगले अध्ययन गरिरहेको अध्यक्ष डा. रामकृष्ण तिमल्सीनाले जानकारी दिनुभयो ।

संविधान कार्यान्वयन भएपछि समावेशी सिद्धान्त लागु गर्न विभिन्न कानुन, नीति बनाइएका छन् । तर ती पूर्ण रूपमा कार्यान्वयन नहुँदा चुल्होचौको भन्दा बाहिर जाने रहर पालेका महिलाहरूको सपना पूरा हुन सकेको छैन ।

 

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १०:५८:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology