Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

ठूलो पानी पर्ने क्रम आजबाट बढ्दै जाने मौसमविद्को अनुमान 

ठूलो पानी पर्ने क्रम आजबाट बढ्दै जाने मौसमविद्को अनुमान 

images

इच्छाकामना न्युज

२९, भाद्र २०७९
ठूलो पानी पर्ने क्रम आजबाट बढ्दै जाने मौसमविद्को अनुमान 
images

चितवन । आजदेखि भारी वर्षा हुने क्रम विस्तारै बढ्ने देखिएको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापिय रेखा नेपालतिर सरिरहेको तथा अर्को एउटा प्रणाली विकसित भएकाले ठूलो पानी पर्ने क्रम बढ्दै जाने मौसमविद्ले बताएका हुन् ।

मौसमविद् हिरा भट्टराईले विशेषगरी पश्चिमको तराई क्षेत्रमा भारी वर्षा हुने देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ भने पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - १२:२६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology