Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थानीय तह

जिल्ला समन्वय समितिको सुझावलाई स्थानीय तहले कार्यान्वयन गरेनन् 

जिल्ला समन्वय समितिको सुझावलाई स्थानीय तहले कार्यान्वयन गरेनन् 

सिआईएन

२९, भाद्र २०७९
जिल्ला समन्वय समितिको सुझावलाई स्थानीय तहले कार्यान्वयन गरेनन् 
images

सजना तिमल्सिना, काठमाडौँ । जिल्ला समन्वय समितिको सुझावलाई स्थानीय तहहरूले अटेर गर्दा समितिको काम प्रभावकारी देखिएको छैन ।

images
images

समितिमा रहेका प्रमुख, उपप्रमुखसहित ६ सय ९३ जना सदस्यले आफ्नो जिल्लाका सबै स्थानीय तहका योजनाहरूको समन्वय र अनुगमन गरि सुझाव दिने गरेको छ । तर ती सुझावलाई स्थानीय तहले कार्यान्वयन नगर्दा समन्वय समितिको काम प्रभावकारी नदेखिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जिल्ला समन्वय समिति प्रमुख र पदाधिकारीलाई स्थानीय तहमा भएका विकास निर्माणको कामको अनुगमन गरी सन्तुलन कायम गर्ने अधिकार दिएको छ ।

समन्वय समितिको काम, कारवाहीलाई प्रभावकारी बनाउन मौखिक नभइ कानुनमै भूमिका दिनुपर्ने स्थानीय तहका जानकार पुुरुषोत्तम नेपालले बताउनुभयो । नगरपालिका, सरकारी कार्यालय र पालिकाहरूबीच समन्वय गर्ने, सङ्घीय तथा प्रदेश सरकारका योजनाको अनुगमन र सुपरीवेक्षण गर्ने लगायत ८ वटा अधिकार समितिलाई छ ।

समन्वय समितिका पदाधिकारीका लागि प्रदेश सरकारहरूले फरकफरक सेवा सुविधा तोके पनि ७७ वटै जिल्ला समन्वय समितिका लागि वार्षिक डेढ अर्बभन्दा धेरै खर्च हुने गरेको छ । समितिमा पुग्ने पदाधिकारी नगरसभा वा गाउँसभाका सदस्य हुने भएका कारण पनि जिल्लामा समन्वय र अनुगमनको काम प्रभावकारी नभएको जानकारहरू बताउँछन् । 

images
प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - १२:२४:०२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology