Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला मात्रै होः नेपाल प्रहरी

बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला मात्रै होः नेपाल प्रहरी

images

इच्छाकामना न्युज

२८, भाद्र २०७९
बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला मात्रै होः नेपाल प्रहरी
images

काठमाण्डौ । तराईका विभिन्न जिल्लामा केही दिनदेखि बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्दै सामाजिक सञ्जालमा आइरहेका फोटो, भिडियो नेपालको नभएको नेपाल प्रहरीले दाबी गरेको छ । सामाजिक सञ्जालमा त्यस्ता सामग्री राखेर गलत हल्ला चलाउनेको बारेमा निगरानी बढाइएको र कारबाहीका लागि साइबर व्यूरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले सीआईएनसँग बताउनुभयो ।

सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानुनी कारबाही गर्ने व्यूरोका उपनिर्देशक तथा प्रवक्ता पशुपति कुमार रायले जानकारी दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले हल्ला चलेजस्तो वास्तविक सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

बालबालिका अपहरणका लागि समूह नै सक्रिय भएको भन्ने हल्ला चलेपछि केही विद्यालयले पनि अभिभावकलाईआफ्ना बालबालिकाको ख्याल गर्न सूचना पठाएका खबर पनि सार्वजनिक भएका थिए । तर त्यस्तो हल्लाकोपछि नलाग्न प्रहरीले अनुरोध गरेको छ । 

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०९:२०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology