Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ बाट सञ्चालन हुँदै 

चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ बाट सञ्चालन हुँदै 

images

इच्छाकामना न्युज

२८, भाद्र २०७९
चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ बाट सञ्चालन हुँदै 
images

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ गतेबाट सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । यस वर्ष खाद्यान्नमा प्रति किलो ७ रुपैयाँ छुट दिने तयारी गरिएको छ । सुपथ मूल्य पसलबाट ज्युँदो खसी बोकामा प्रति किलो १० रुपैयाँ छुट दिने तथा यस वर्ष कर्णालीबाट ल्याएको सिमीमा प्रति किलो १० रुपैयाँ छुट दिनेछ ।

यस वर्ष चाडपर्वलाई लक्षित गर्दै कम्पनीले २ हजार सङ्ख्यामा खसी बोका किन्नेछ । चाडपर्व लक्षित खसीबोका विशेष गरी मकवानपुर, दाङ, सुर्खेतलगायतजिल्लाबाट खरिद गर्ने गरिएको छ । भेडा, च्याङ्ग्रा भने यस वर्ष पनि नल्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले सीआईएनसँग बताउनुभयो । चाडपर्वमा ४१ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०९:१९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology