श्रीलङ्का । श्रीलङ्कामा जारी १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गएराति भएको खेलमाआयोजक श्रीलङ्कालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको हो ।
अब नेपालले उपाधिका लागि बुधवार भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि समूह चरणको पहिलो खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।