Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलङ्काबीच खेल हुँदै 

महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलङ्काबीच खेल हुँदै 

images

इच्छाकामना न्युज

२७, भाद्र २०७९
महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलङ्काबीच खेल हुँदै 
images

काठमाण्डौ । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र श्रीलङ्का बीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल श्रीलङ्कालाई हराएर सेमिफाइनलमा पुग्ने लक्ष्यसहित आज मैदान उत्रनेछ ।समूह ‘बी’ मा रहेको नेपालले १ खेलमा ३ अङ्क जोडेको छ ।

श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो ।श्रीलङ्का भने आजको खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा श्रीलङ्का भुटानसँग ५–० गोलले पराजित भएको थियो ।

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - ०९:१३:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology