Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

आजको मौसम देशका अधिकांश स्थानमा पानी पर्ने मौसम विभागको अनुमान

आजको मौसम देशका अधिकांश स्थानमा पानी पर्ने मौसम विभागको अनुमान

images

इच्छाकामना न्युज

२५, भाद्र २०७९
आजको मौसम देशका अधिकांश स्थानमा पानी पर्ने मौसम विभागको अनुमान
images

चितवन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा पानी पर्ने जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको भन्दै महाशाखाले देशभर आंशिकदेखि सामान्य मौसम बदली रहने बताएको छ ।

आज बिहानैदेखि लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहितको वर्षा भइरहेको र बाँकी प्रदेशमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - ११:००:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology