चितवन । आज लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।