चितवन । नेपाल चेपाङ्ग संघको पाँचौ महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा गोविन्दराम चेपाङ्ग विजयी भएका छन । अध्यक्षका अर्का प्रत्यासी सुनिमाया चेपाङ्गलाई पराजित गर्दै गोन्दिराम अध्यक्षमा विजयी भएका हुन । गोविन्दरामले १२३ मत प्राप्त गरे भने सुनिमायाले ९२ मत प्राप्त गरे ।
यसैबिच वरिष्ठ उपाध्यक्ष बिल बहादुर चेपाङ, उपाध्यक्षमा सुमित्रा चेपाङ, महासचिवमा सन्त बहादुर चेपाङ, सचिवमा भरत लाल चेपाङ र सुरेन्द्र चेपाङ, कोषाध्यक्ष आईतसिङ चेपाङ निर्वाचित भएका छन् ।