Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

डेङ्गी नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन हुने 

डेङ्गी नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन हुने 

images

इच्छाकामना न्युज

२३, भाद्र २०७९
डेङ्गी नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन हुने 
images

काठमाण्डौ । सरकारले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारी, खानेपानी तथा सरसफाइ मन्त्रालयका पदाधिकारी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारी बीच हिजो भएको छलफलको क्रममा डेङ्गी रोग नियन्त्रण र रोकथामका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।

डेङ्गी रोग नियन्त्रण र रोकथामका लागि हाल जारी रहेको खोज र नष्ट गर अभियानलाई अबदेखि हरेक वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जय ठाकुरले बताउनुभयो । यो वर्ष असारयता देशभर ३ हजार ९ सय ५० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । तीव्र गतिमा डेङ्गी सङ्क्रमण पुष्टि हुन थालेपछि सरकारले सबैलाई सरसफाइमा ध्यान दिन र सतर्कता अपनाउन आग्रह गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - ११:०३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology