Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

खाद्यान्न

दुर्गमका जिल्लामा यस वर्ष दशैं तिहारमा खाद्यान्न अभाव नहुने 

दुर्गमका जिल्लामा यस वर्ष दशैं तिहारमा खाद्यान्न अभाव नहुने 

images

सिआईएन

२३, भाद्र २०७९
दुर्गमका जिल्लामा यस वर्ष दशैं तिहारमा खाद्यान्न अभाव नहुने 
images

उषा तामाङ, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दशैं तिहारमा खाद्यान्न अभाव नहुने बताएको छ । हाल प्रादेशिक तथा मुख्य शाखा कार्यालयहरूमा १ लाख ८ हजार क्वीन्टल र जिल्ला स्थित शाखा कार्यालयहरूमा २२ हजार २ सय क्वीन्टल खाद्यान्न मौज्दात छ ।

चालु आर्थिक वर्षका लागि १ लाख ८६ हजार ७ सय क्वीन्टल चामल तथा खाद्य वस्तुको समेत ढुवानी प्रक्रिया अघि बढाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले जानकारी दिनुभयो । उहाँले दुर्गमका नागरिकलाई खाद्यान्न अभाव हुन नदिने गरि काम भइरहेको बताउनुभयो ।

यसवर्ष सबैभन्दा बढी हुम्लामा ३१ हजार ५ सय, डोल्पामा २६ हजार ८ सय, जाजरकोटमा २० हजार, मुगुमा १९ हजार ५ सय क्वीन्टल चामल पठाउने तय भएको छ । ताप्लेजुङ, भोजपुर र रोल्पामा १ हजार क्वीन्टल चामल पठाइँदै छ ।

सरकारले चालु आर्थिक वर्षका लागि चामल ढुवानी गर्न अनुदान स्वरुप ४७ करोड ५३ लाख विनियोजन गरेको छ । दुर्गमका जिल्लामा यातयातको सहज पहुँच नपुगेकै कारणचामलको मूल्यभन्दा चार गुणा बढी खर्चेर कम्पनीले हेलिकप्टरबाट ढुवानी गर्दै आइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १०:४८:०३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology