Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाल्पामा सिमेन्ट उद्योगको खानी मापडण्ड विपरीत सञ्चालन 

पाल्पामा सिमेन्ट उद्योगको खानी मापडण्ड विपरीत सञ्चालन 

इच्छाकामना न्युज

२३, भाद्र २०७९
पाल्पामा सिमेन्ट उद्योगको खानी मापडण्ड विपरीत सञ्चालन 
images

भुवन रायमाझी, पाल्पा । पाल्पामा सिमेन्ट उद्योगको खानी मापदण्ड विपरीत सञ्चालन हुँदा पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा रहेका विद्यालय तथा बस्तीलाई नै असर परेको छ । खानी क्षेत्रबाट आएको भलले विद्यालय तथा बस्तीका घरहरू फुट्ने, चर्किने तथा पहिरोका कारण सडकमा समेत क्षति पुग्ने गरेको छ ।

images
images

चुरे पहाड तथा कमजोर भू–बनोटका कारण पनि यस क्षेत्रमा थप जोखिम बढेको विज्ञहरू बताउँछन् । खानी सञ्चालनका कारण वरपरका गाउँ तथा बस्तीलाई असर गर्न नहुने भए पनि खानीले मापदण्ड मिच्दा पहिरो जाने र घरहरू चर्किने भइरहेका छन् । कालिका आधारभुत विद्यालयको भवन भत्किदा पठनपाठन नै बन्द हुने अवस्थामा पुगेको छ ।

कतिपय स्थानीयको घर चर्किएको छ भने कतिपयको घर बस्नै नमिल्ने अवस्थामा पुगेको छ । बस्ती माथि सञ्चालनमा रहेको खानीका कारण पानी पर्दा पहिरोको डरले रातमा सुत्न समेत नसकिने स्थानीयवासी गीता बिकको भनाइ छ ।

तिनाउ गाउँपालिकाले कालिका आधारभुत विद्यालयलाई स्थानान्तरण गर्नका लागि भने बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठको भनाइ छ । खानी उद्योगहरूले स्थानीयवासीको भावनालाई ख्याल नगरी एकातर्फी ढङ्गबाट काम गर्दा जनताले विकासको नाममा सस्ती खेप्नु परिरहेको छ । 

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १०:४३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology