चितवन । आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको एकदुई स्थानमा मेघ गर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।