रुस । रूसले नियन्त्रणमा लिएको कतिपय भूभाग आफूले फिर्ता लिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसले नियन्त्रणमा लिएको केही भूभाग आफूहरुले फिर्ता लिएको दाबी गर्दै यो खुसीको खबर भएको बताउनुभएको छ ।
तर उहाँले कुन ठाउँ आफूहरुले फिर्ता ल्याएको भने खुलाउनुभएको छैन । फिर्ता लिएको स्थानबारे अहिले नै खुलाउने समय नभएको उहाँको भनाइ छ ।